Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएनसेललाई राष्ट्रियकरण गर्नुपर्नेमा पूर्वमन्त्री पाण्डेको जोड

एनसेललाई राष्ट्रियकरण गर्नुपर्नेमा पूर्वमन्त्री पाण्डेको जोड


भक्तपुर । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र एनसेललाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले आज(मंगलबार) आयोजित सञ्चार–संवाद कार्यक्रममा एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताएका हुन् ।

पूर्वमन्त्री पाण्डेले भने, ‘डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम ६ अर्ब रुपैयाँ मात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ । सरकारी अभिलेख हेर्दा पनि एनसेलले छ अर्ब रुपैयाँ मुनाफाको अंश विदेश लगेको देखिन्छ । यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ । छानबिन समितिले निष्पक्ष छानबिन गरेर राष्ट्रियकरण गरिनुपर्छ ।’

साथै, नेता पाण्डेले मेलम्चीको पानीे काठमाडौँबासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौँ उपत्यकामा द्रुत बससेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादीस्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया