दोहोरी साँझमा आगलागी, लाखौं रुपैयाको क्षति
पोखरा । पोखराको सृजनाचोकस्थित एक दोहोरी साँझमा आगलागी हुँदा लाखौं रुपैया बराबरको क्षति भएको छ । पोखरा महानगरपालिका वडा नं.८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा सो क्षति भएको हो ।
आगलागीबाट ५० हजार रुपैयाँ नगद, एसीहरु, कम्प्युटर, सीसी क्यामेरा, साउण्ड सिस्टम, फ्रिज, ग्यास गिजर, टिभि, सोफालगायतका सामानहरू जलेर नष्ट भएका छन् । भवनको तेश्रो तल्लामा रहेको दोहोरी साँझमा आगलागी भएपनि भवनमै रहेका अन्य कार्यालय तथा पसलहरु भने सुरक्षित रहेका छन् ।
विद्युत सर्ट भएर लागेको आगो स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणका लागि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुंँवरको कमाण्डमा १५ जना प्रहरी खटिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया