Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएसियाकै ठूलो एग्रोविरुद्ध सांसद दीपक मनाङेद्वारा अख्तियारमा उजुरी

एसियाकै ठूलो एग्रोविरुद्ध सांसद दीपक मनाङेद्वारा अख्तियारमा उजुरी


पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले एसियाकै ठूलो दाबी गरिएको एग्रो मनाङ प्रालिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । अवैध तरिकाले जग्गा हडपेर फार्म सञ्चालन गरेको, वन फँडानी गरेको आदि विषयविरुद्ध उजुरी दिएको उनले आज(बिहीबार) विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

मनाङेको निर्वाचन क्षेत्रमा पर्ने उक्त फार्म पूर्वसांसद तथा नेकपा (एमाले)का नेता पाल्देन छोपाङ गुरुङको हो । स्थानीयले गाउँमा विद्युत्को समस्या सुनाएको र एग्रो मनाङका कर्मचारीले विद्युत् पोल गाड्न नदिएपछि आफू त्यहाँ पुगेर स्थानीयसँग भेटको क्रममा सबै सहभागीको एउटै गुनासो भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

त्यहाँ पुगेर निरीक्षण गर्दा सिंगो वन फँडानी भएको, अवैध तरिकाले रुखहरू काटिएको र काठहरू अव्यवस्थित रूपले राखिएको पाएको उनले बताएका छन् । गैरकानुनी काम भइरहेको देखेपछि आफू कानुनी बाटोबाट त्यसलाई रोक्नतर्फ लागेको उनले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया