Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्यालको टोकाइबाट आठ वर्षीय बालकको मृत्यु

स्यालको टोकाइबाट आठ वर्षीय बालकको मृत्यु


सुनसरी । सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्थानीय राष्ट्रिय शारदा आधारभूत विद्यालयमा अध्ययनरत सोही गाउँपालिकाका आठ वर्षीय बालक कुन्दन सदाको ज्यान गएको हो ।

कक्षा–२ मा अध्ययनरत उनलाई मङ्सिर १५ गते स्यालले टोकेर घाइते बनाएको थियो । उनको उपचारकै क्रममा आइतबार साँझ कोशी अस्पताल विराटनगरमा निधन भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया