प्रहरी श्रीमती संघ र नोबेल अस्पताल विराटनगरबीच सम्झौता
मोरङ । उपचार सेवामा २५ प्रतिशत छुट दिने सुविधासहित नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई उपचार सेवामा छुट दिने सम्बन्धी भएको सम्झौतापत्रमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष लक्ष्मी कुवँर र अस्पतालको तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक ईन्दिरा शर्मा (बराल)ले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सोमबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा संघकी अध्यक्ष कुँवरले प्रहरी कर्मचारीहरू र आश्रित परिवारहरूको स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यले सम्झौता गरिएको उल्लेख गर्दै यसले सकल दर्जाको मनोवल उच्च भई शान्ति सुरक्षा कार्यमा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा नोवेल मेडिकल कलेजकी प्रवन्ध निर्देशक शर्माले सामाजिक उत्तरदायित्व बहन गर्दै जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरुलाई उपचारमा सहुलियत उपलब्ध गराईएको र आगामी दिनमा दुवै पक्षको समन्वय र सहकार्यमा सहुलियत थप गर्दै लगिने लक्ष्य रहेको बताइन् ।
नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरू (आमा, बुवा, श्रीमान, श्रीमती, अविवाहित छोरा, छोरीहरू)लाई उपचारको क्रममा बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता नि:शुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुटका साथै भर्ना भई उपचार गराउँदा समेत अन्तरङ्ग विभागमा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
हाललाई एक वर्षको सम्झौता अवधि रहेकोमा पुन थप गर्दै लगिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, नोवेल मेडिकल कलेजका कार्यकारी नर्देशक राजेश नेपाललगायत प्रहरी अधिकृतहरू तथा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हस्ताक्षर कार्यक्रमपश्चात संघकी अध्यक्ष लक्ष्मी कुँवरले प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपण समेत गरेकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया