सोलुको महभिर ‘रक क्लाइम्भिङ सेन्टर’
सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका ५ स्थित महभिरमा ‘रक क्लाइम्भिङ सेन्टर’ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १२० मिटर अग्लो ‘रक क्लाइम्भिङ सेन्टर’ निर्माण गरेको हो ।सो सेन्टरको प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरव राई, टानका अध्यक्ष निलहरी बास्तोलालगायतले आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
सो अवसरमा १२० मिटरको उचाइबाट ¥यापलिङ गर्नुका साथै रक क्लाइम्बिङका थुप्रै नमुनाहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद राजभण्डारीले माप्यदूधकोशीले पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको बताए । वर्षौदेखि उपयोगविहीन भिरलाई सदुपयोग गर्दै गाउँपालिकाले सुरु गरेको रक क्लाइम्भिङले साहसिक पर्यटनको अर्को ढोका खुलेको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष राईले उपयोगविहीन भिरलाई सदुपयोग गर्ने आफ्नो वर्षौदेखिको सपना साकार भएको बताए । यस्तै, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)का अध्यक्ष बास्तोलाले पर्यटकीय जिल्ला सोलुखुम्बुको माप्यदूधकोशीले पर्यटन क्षेत्रको पहिचान गर्न सफल भएको भन्दै माप्यले सुरु गरेको पर्यटन क्षेत्रहरूको फाइदा पालिकाले मात्रै नभई जिल्ला र देशले नै लिने बताए ।
विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पाले पर्यटकलाई लुकेर रहेका प्राकृतिक तथा ऐतिहासिक कुराहरू देखाउन सके पर्यटन क्षेत्रको विकास सहजरूपमा गर्न सकिने बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी दिपक श्रेष्ठ, टानका पूर्व प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीसहित अन्य पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया