स्कूटर दुर्घटनामा ३२ वर्षीय सागरको मृत्यु
पोखरा । पर्वतको चुवामा गएराति स्कूटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नं.१३ खौलालाँकुरी कुनादीका ३२ बर्षका सागर कार्की रहेका छन् ।
सोमबार राति १० बजे कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग२१प ९५ नम्बरको स्कूटर सडक छेउको बारमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ सडकखण्डमा पर्ने कुश्मा नगरपालिका वडा नं. ८ चुवामा सो दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई तत्कालै उद्धार गरि जिल्ला अस्पताल पुर्याइएको थियो । सामान्य उपचारपछि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । पोखरा ल्याउने बित्तिकै कार्कीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले सिसि क्यामेराको माध्यममार्फत दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया