छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु भएको छ । रुपन्देही, झापा, कैलाली, चितवन, पर्वतमा सोमबार दुर्घटनाबाट पाँच जनाको मृत्यु भएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका–६ दुधराक्षस्थित सडकमा लु.७७ प ४९५३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया खिमकला घिमिरेको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित सडकमा प्र.१–०१–०१३ प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ६५ वर्षीय कर्ण बहादुर रायको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कैलालीको कैलारी गाउँपालिका–७ बर्का बसन्तास्थित सडकमा बा.८१ प ४२९८ नम्बर र से.५ प ४७७४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा बा.८१ प ४२९८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय शिसिर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका से.५ प ४७७४ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ ।
पर्वतको कुश्मा नगरपालिका–८ चुवा चाईना चोकमा ग.२१ प ९५ नम्बरको स्कुटर सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ खौला बस्ने २८ वर्षीय सागर कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवनको भरतपुर महानगरपालिका–४ यज्ञपुरी चोकमा बा.प्र–०६–००२ प २०७३ नम्बरको मोटरसाइकल र बा.१९ च ३४६४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–१२ गोन्द्राङ बस्ने २१ वर्षीय राम कृष्ण थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
- नेपालमा विज्ञान, इन्जिनियरिङ क्षेत्रमा चुनौती: उपप्रधानमन्त्री सिंह
- ‘परियोजनाको लाभ लक्षित वर्गमा सुनिश्चित हुनुपर्ने’
- पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
- सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको छ: मन्त्री भण्डारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया