Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्देशक पदबाट पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

निर्देशक पदबाट पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश


काठमाडौं । सर्वोच्च अदालतले डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज(मंगलबार) डा.पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

स्वास्थ्य मन्त्रालयले गत मङ्सिर १४ गते डा.पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा डा.पौडेलले रिट निवदेन दायर गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया