Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपत्यकाबासीले मेलम्चीको पानी तत्काल खान नपाउने

उपत्यकाबासीले मेलम्चीको पानी तत्काल खान नपाउने


काठमाडौं । उपत्यकावासीले मेलम्चीको पानी चाँडै खान नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्ची नदीमा आएको बाढीले असर पुर्याएको र गएको वर्षामा पनि पुन:हेडवक्र्स पुरिएकोले मेलम्ची आयोजनाको काम पूर्णरुपमा मर्मतसम्भार गर्न अझै केही समय लाग्ने भएकाले उपत्यकावासीले तत्काल पानी खान नपाउने भएका हुन् ।

समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले मेलम्ची खानेपानीका सम्बन्धमा काठमाडौं उपत्यकावासीबाट दबाबमूलक प्रदर्शन भइरहेकोलाई मध्यनजर गर्दै मेलम्चीको पानी ल्याइने बारे जानकारी गराइएको बताए । समितिले गत साउन अन्तिममा मेलम्ची नदीमा ठुलो बाढी आएको कारण पुनःहेडवक्र्स पुरिएको र पहुँच सडकसमेत क्षतिग्रस्त भएकाले तत्काल पानी पथान्तरणको काम सुरु हुन नसकेकोले उपत्यकावासीलाई तत्काल पानी दिन नसकिने जानकारी गराएको छ ।

समितिले प्रेस विज्ञप्तिमार्फत भनेको छ, ‘निर्माण व्यवसायीसँगको ठेक्कामा सोही कामको लागि थप भेरिएसन गर्नुपर्ने, निर्माण व्यवसायीको नगद परिचालनमा समस्या भएको, सि.एम.सि.का स्थानीय आपूर्तिकर्ताबाट आवतजावतमा समेत अवरोध सिर्जना गरिएको लगायत विभिन्न प्राविधिक तथा करारीय समस्याहरु पर्न आएकोले पानी पथान्तरणको कार्य सुचारु गर्न ढिलाई हुन गएको छ ।’

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको मंगलबार बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग एक समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण व्यवसायीलाई साईटमा परिचालनका लागि आवश्यक सहजिकरण र समन्वय गर्ने निर्णय भएको समितिले जनाएको छ ।

बैठकमा निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ । सहमतिनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साईटमा परिचालन हुनेछ र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरु सम्पन्न गरिने छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया