Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिटरब्याजीविरुद्ध किसान मजदुर संघर्ष समितिले गरेको धर्ना कार्यक्रम अझै जारी

मिटरब्याजीविरुद्ध किसान मजदुर संघर्ष समितिले गरेको धर्ना कार्यक्रम अझै जारी


काठमाडौं । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले गर्दै आएको धर्ना कार्यक्रम आज(शुक्रबार) पनि जारी छ । रत्नपार्कस्थित शान्तिबाटिकामा गत मंसिर ३० गतेदेखि वित्तिय शोषण तथा उत्पीडनबाट पीडित किसान–मजदुरहरुले थालेको उक्त कार्यक्रममा आज करिब ५ बजेतिर नाराबाजीसहित र्याली गरिएको थियो ।

कोणसभामा परिणत भएको उक्त र्यालीमा मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेस कुशवाह, समितिका प्रवक्ता निर्ग नवीन, केन्द्रीय सदस्य कृष्ण सुनार, समितिको काठमाडौं अध्यक्ष अर्जुन रावतलगायत करिब ३५ जनाको समुह रहेको थियो ।

पीडित किसान–मजदुरहरु सुत खोर सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार होसियार, दृष्टिक छिनुवा मुर्दावाद, किसान मजदुर एकता जिन्दावाद, पीडितलाई न्याय दे, मिटर ब्याज साहुलाई कार्वाहि गरलगायतका नारासहित आन्दोलनमा उत्रेका छन् ।

केहीदिन अघि प्रहरी प्रशासनबाट उक्त ठाउँ(शान्तिबाटिका) खाली गर भन्ने सरकारी आतंकविरुद्ध आज बिहानैदेखी उपत्यकामा रहेका साथीहरूसहित छलफल गरि यस शान्तिबाटिकाभित्र नाराबाजीसहित र्याली गरेको प्रवक्ता नवीनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया