सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ: प्रधानन्यायाधीश
धुलिखेल । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन् । नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज(शनिबार) आयोजित ‘६८औँ बार डे’ २०८० का अवसरमा उनले प्रविधिमैत्री सेवा दिन आफूले प्रयत्न गरिरहेको बताए ।
सुधारका पाटो खोज्ने क्रममा प्रविधिमैत्री वातावरण बनाउन आफू लागिपरेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको प्रयोग गरेर अनियमिमता रोक्न सकिने विश्वास व्यक्त गरे । राससले जनाएनुसार उनले जुनसुकै जिल्लाबाट बकपत्र गर्न काठमाडौँ नै आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै आफू प्रधानन्यायाधीश नियुक्त भएदेखि विशेष अदालत, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणमा भिडियो कन्फ्रेन्समार्फत बहस गर्न सक्ने प्रविधि स्थापना गर्ने प्रयास भइरहेको जानकारी दिए ।
कार्यक्रममा काठमाडौँ जिल्ला अदालत बारका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले एकअर्कालाई गालीगलौज गरेर न्यायपालिका सुध्रिने अवस्था नरहने भन्दै त्यसलाई कमजोर पार्ने काम कसैबाट पनि नगर्न आग्रह गरे । विशेष अदालत बारका अध्यक्ष अधिवक्ता चुडामणि पौडेलले नेपाल बार एशोसिएसन के गर्दैछ र के गर्न जरुरी छ भनेर समीक्षा गर्न आवश्यक जरुरी रहेको बताए ।
‘स्वतन्त्र न्यायपालिका प्रविधिमैत्री सेवा, सक्षम कानुन व्यवसायी पेसागत मर्यादा’ भन्ने नाराका साथ उच्च अदालत बार एशोसिएसन पाटन, विशेष अदालत बार एशोसिएसन, काठमाडौँ जिल्ला अदालत बार, भक्तपुर जिल्ला अदालत बार, ललितपुर जिल्ला अदालत बार र काभ्रेपलाञ्चोक जिल्ला अदालत बार एशोसिएसनको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, उच्च अदालत बार पाटनका अध्यक्ष शान्तिराम खतिवडा, नेपाल बारका महिला समिति उपाध्यक्ष आशा राईलगायतले ‘६८औँ बार डे’ को सफलताको कामना गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया