आगलागीमा परी नौ महिनाकी बालिकाको मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । पाल्पामा आगलागीबाट एक नौ महिनाकी बालिकाको मृत्यु भएको छ भने छुट्टाछुट्टै जिल्लामा भएको आगलागीबाट विभिन्न धनमाल जेलर नष्ट भएको छ । पाल्पाको निस्दी गाउँपालिका–३ क्यामरुङ् बस्ने श्याम बहादुर पल्लीको घरमा शनिबार दिउँसो आगलागी हुँदा नौ महिनाकी दिप्साना पल्लीको जलेर मृत्यु भएको हो । साथै, उक्त आगो फैलिएर सोही घरसँग जोडिएको गोठमा समेत आगलागी हुँदा करिब सात लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापाको भद्रपुर नगरपालिका–८ बस्ने चुडामणी उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्याङ्की राख्न फलामको रड वेल्डीङ गर्ने क्रममा एसवाई प्यानलको फर्ममा शनिबार दिउँसो आगलागी हुँदा एसवाई प्यानलबाट बनेको दुई वटा कोठा र फर्म जलेर करिब १४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै, झापाकै दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर ऋद्ध बस्ने भिम बहादुर घिमिरेको घरमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब पाँच लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यसैगरी, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा बस्ने ५६ वर्षीय राम बहादुर सार्कीको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब सात लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया