Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाँच सय ८४ जनामा कोरोना, ८६ हजारको आरडीटी र ४६ हजारको पीसीआर परीक्षण

पाँच सय ८४ जनामा कोरोना, ८६ हजारको आरडीटी र ४६ हजारको पीसीआर परीक्षण


काठमाडौं, जेठ ११
कोरोनाको कारण सरकारले लकडाउन गरे पनि भारतबाट आउनको संख्या बढेसँगै नेपालभित्र कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । अरु देशबाट आउनेक्रम बन्द भए पनि भारतबाट आउने क्रम रोकिनसकेको छैन । पछिल्ला दिनमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दोस्रो पटक मात्रै कुल ३६ जना नयाँ सङ्क्रमित फेला परेका छन् । मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय ८४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दिया र झापामा एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैतडीको शिवनाथ गाउँपालिका, बर्दियाको बढैयाताल गाउँपालिका, झापाको झापा गाउँपालिकामा सङ्क्रमित भेटिएका हुन् । यस्तै सुर्खेतको सुर्खेत अस्पतालमा गरिएको परीक्षणमा थप तीन जनामा सक्रमण भएको पुष्टि भएको हो । हालसम्म कुल ४० जिल्लामा कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८६, प्रदेश नं २ मा १ सय ७२, वाग्मती प्रदेशमा ३२ जना सङ्क्रमित भएका छन् । यस्तै गण्डकी प्रदेशमा पाँच, प्रदेश नं ५ मा २ सय ७१, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् ।

यस्तै, सरकारले कोरोनाको सङ्क्रमण फैलिन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट कुल ४५ हजार नौं सय ५७ परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४ सय ९४ र आरडीटी विधिबाट चार हजार १ सय १९ परीक्षण भएको छ ।

प्रदेश नं. १ मा १० हजार १ सय ६९, प्रदेश नं. २ मा छ हजार ३ सय ८, वाग्मती प्रदेशमा २१ हजार ७ सय १२, गण्डकी प्रदेशमा सात हजार ७ सय १, प्रदेश नं ५ मा ११ हजार ४ सय ८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८ सय १७ जनाको आरडीटी परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ३२ हजार ५ सय ८७ छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४ सय ६१, प्रदेश नं २ मा छ हजार ९ सय १०, वाग्मती प्रदेशमा ५ सय ३५, गण्डकी प्रदेशमा ७ सय ७९, प्रदेश नं ५ मा १७ हजार १ सय ३०, कर्णाली प्रदेशमा एक हजार ६ सय ७० र सुदूरपश्चिम प्रदेशमा चार हजार १ सय २ रहेका छन् ।

आइसोलेसनमा रहेकाको सङ्ख्या ५ सय ८ रहेको छ । प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १ सय ६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा २ सय ४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन् । यस्तै कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ७० रहेको छ । पछिल्लो २४ घण्टामा ७ सय ८ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेबपेज र एपमा मात्रै ७०८ जनाले आप्mनो विवरण भरेका छन् । सो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x