ज्येष्ठ नागरिकलाई लक्षित गरी आकासे पुलमा लिफ्ट
काठमाडौं । काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकता अनुरुप प्रयोग गर्न सक्नेछन् ।
लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा असक्षम, अपाङ्गता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो । उनका अनुसार लिफ्टमा एक पटकमा आठ जनाले सेवा लिन सक्नेछन् ।
आकासे पुलमा लिफ्ट राख्नका लागि कामपाले चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । चालु आवको नीति कार्यक्रम र बजेटमा व्यवस्था भएअनुरुपनै कामपाले उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको जनाएको छ ।
लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको जनाउँदै आगामी साता निर्माणका लागि सार्वजनिक सूचना आउने ट्राफिक विज्ञ सल्लाहकार श्रेष्ठले बताए । उनका अनुसार लिफ्ट राखिसकेपछि त्यसको संरक्षण र रेखदेख गर्नका लागि कामपाले केही स्वयम्सेवक राख्ने तयारी गरेको छ ।
कामपाले चालु आवमा सडक सुरक्षाका लागि बस बिसौनी निर्माण, बसको रुट मिलाउने, सडकबत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडरको व्यवस्थापन, पेट्रोल पम्पको व्यवस्थापन, सडक सङ्केत तथा चिन्ह व्यवस्थापनलगायत काम गर्ने जनाएको छ ।
यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसको समय निर्धारण, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि कामपाको तयारी छ । सल्लाहकार श्रेष्ठले सडकमा सङ्केत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताए ।
यस्ता चिन्ह आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले कामपाले अध्ययन गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सडक चिन्ह देखिने, स्पष्ट, बुझ्न सजिलो हुने तथा प्रोत्साहन दिने खालका हुनुपर्दछ । राससले जनाएनुसार चालु आवमा कामपाको अधिकारक्षेत्रमा पर्ने यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया