चार करोडबढीको भ्रष्टाचार मुद्दाको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौं । विशेष अदालतबाट भएको एक मुद्दाको फैसलाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले चार करोड २० लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
विशेष अदालत काठमाडौंमा दायर मुद्दाको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि यही पुस ८ गते सर्वोच्चमा पुनरावेदन गरेको हो । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आइतबार सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्रेस विज्ञप्तिमार्फत जानकारी गराए ।
चुडामणि शर्माले सार्वजनिक सेवा अवधिमा तीन करोड ६३ लाख ७२ हजार नौ सय ६१ रुपैयाँ आयआर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । प्रवक्ता घिमिरेका अनुसार सो रकमको तुलनामा विभिन्न शीर्षकमा गरिएको खर्च तथा लगानी सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ देखिएको छ ।
शर्माको आयभन्दा बढी खर्च तथा लगानी गरेको चार करोड २९ लाख ५४ हजार एक सय २४ रुपैयाँ देखिएको छ । उक्त सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनयापन गरेको देखिँदा शर्माले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।
शर्माले सार्वजनिक सेवाको पदमा रही आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती कल्पना उप्रेती शर्मासमेतको नाममा राखेको देखिएको छ । उक्त स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण बमोजिम प्रतिवादी शर्माको श्रीमती कल्पनालाई प्रतिवादी कायम गरी उक्त सम्पत्ति जफत हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया