संसदीय समितिद्वारा पशुपति विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात माग
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुन नियुक्त गरेको थियो । संसदीय समितिले सोही नियुक्तिसम्बन्धी कागजातहरू तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ । आज(बिहीबार) बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको १५औँ बैठकले उनको नियुक्तिको कागजात तीन दिनभित्र पेश गर्न निर्देशन दिएको हो ।
समितिका सभापति राजकिशोर यादवले भने, ‘आजको बैठकमा पशुपति क्षेत्र विकास कोषबाट सम्पादित काम कारबाहीहरु तथा समसामयिक विषयहरुका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव तथा कोषाध्यक्षसँग छलफल भयो । पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी प्रमाण कागजातहरू(निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणलगायत) तीन दिनभित्र यस समितिमा उपलब्ध गर्न गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिने निर्णय गरेका छौं ।’
त्यस्तै, पशुपति क्षेत्र विकास कोषको गुरुयोजना यथाशक्य चाँडो पारित गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइएको उनले बताए । समितिले कोषको नाममा रहेको सम्पूर्ण जग्गाको शीघ्र यकीन र हालसाविक गरी कोषको नाममा लालपूर्जा लिने व्यवस्था गर्न निर्देशन दिएको यादवको भनाइ छ । उनका अनुसार कोषले आनन्द होटल प्रालिसँग गरेको सम्झौताको विवरणसहितको विस्तृत जानकारी तीन दिनभित्र गराउन कोषलाई निर्देशन दिएको छ ।
पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह गृहको संख्यामा बढोत्तरी गर्न आवश्यक व्यवस्था गर्न कोषलाई निर्देशन दिएको उनले बताए । समितिले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर क्षेत्रको उपयुक्त समयमा स्थलगत अनुगमन गर्ने पनि समितिका सभापति यादवले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वन मुद्दामा आरोपित भीआईपी व्यापारी धरौटीमा छुट्नुको रहस्य !
- बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति
- पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा
- यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया