विद्युत नियमन आयोगद्वारा टीओडी मिटरका आधारमा मात्रै महसुल लिन प्राधिकरणको ध्यानाकर्षण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल उद्योगले नतिरेको दाबीसहित लाइन काटिदिएपछि उक्त विवादको विषयलाई लिएर विद्युत् नियमन आयोगले प्राधिकरणलाई टिओडी मिटरका आधारमा मात्रै महसुल लिन पाइने स्पष्ट प्रावधान रहेको जानकारी गराएको छ । सोमबार उद्योगमा काटिएको लाइन पुन:जोड्ने सहमति प्राधिकरण र उद्योगीबीच भएपछि दुवैले आफू अनुकूल व्याख्या गरिरहेको समय आयोगले टिओडी मिटरका आधारमा मात्रै प्राधिकरणले महसुल असुल्न पाउने व्यवस्था रहेको सम्झाएको हो ।
प्राधिकरणले बक्यौता नतिरेको भन्दै २३ उद्योगमा बिजुली काटेको बेला नियमन आयोगले गरेको उक्त निर्णयले उद्योगीहरूलाई सहज हुने देखिएको छ । नियमन आयोगले प्रमाणको आधारमा मात्रै शुल्क लिन आग्रह गरेको छ । आयोगले भनेको छ, ‘टीओडी मिटरसम्बन्धी जानकार, जिम्मेवार तथा कार्यान्वयन गर्ने निकाय विद्युत् प्राधिकरण आफै रहेको पाटन उच्च अदालतको फैसलाले प्रष्ट दर्शाएको हुनाले सोको निक्र्यौल स्वयम् प्राधिकरणबाट हुनुपर्ने र सोही बमोजिमका काम कारबाही हुनुपर्छ ।’
सोमबार बसेको आयोग बैठकले तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको १०३औं, १०४औं तथा १०८औं बैठकको निर्णय लोडसेडिङ ६ घन्टा वा सोभन्दा बढी कायम भएको अवस्थामा २० घन्टा वा सोभन्दा बढी समय छुट्टै ट्रंक लाइनबाट निरन्तर विद्युत् आपूर्ति लिने ग्राहकको महसुल डेडिकेटेड ग्राहकसरह दर कायम गर्ने निर्णय भए पनि त्यसको यकिन मिटर रिडिङबाट विद्युत् प्राधिकरणले गर्नुपर्ने निर्णय कार्यान्वयन गर्न २०७८ भदौ २२ को बैठकले प्राधिकरणलाई निर्देशन दिइसकेको प्रस्ट पारेको छ । निर्णय कार्यान्वयन नभएकाले आयोग बैठकले प्राधिकरणलाई पुन:निर्देशन दिने निर्णय गरेको हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया