एउटा खुट्टा गुमाएका पोखराका युवकलाई यूकेबाट आर्थिक सहयोग
पोखरा । खुट्टामा समस्या भइ एउटा खुट्टा गुमाएर अस्पतालमा उपचाररत एक व्यक्तिलाई पन्चासे हर्पन डॉडा समाज यूकेले आर्थिक सहयोग गरेको छ । अध्यक्ष देउकाजी गुरुङका अनुसार पोखरा महानगरपालिका वडा नं.२३ सिधानेका ४० वर्षका यामबहादुर गुरूङलाई समाजले आर्थिक सहयोग गरेको हो ।
याम बहादुरको देब्रे खुट्टामा घाउ हुँदा मंसिर ८ गते अपरेसन गरि काटिएको छ । उनी हाल काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचाररत छन् । किसानी काम गर्दै आइरहेका उनको आर्थिक अवस्था निकै नाजुक भएकाले समाजको पहलमा रकम संकलन गरि सहयोग गरिएको बताइएको छ ।
बिरामी यामका लागि नौ लाख २५ हजार तीन सय ३४ रूपैयाँ अध्यक्ष गुरूङले हस्तान्तरण गरेका हुन् । समाजले सिधाने, कुद्वीडाँडा, दमदमे र मकानपुरका ४ गाउँंका नागरिकका लागि विभिन्न आर्थिक सहयोग गर्दै आएको छ ।
यूके समाजले शैक्षिक, सामाजिक तथा अन्य क्षेत्रमा महत्वपूर्ण सहयोगसमेत गर्दै आएको छ । कोरना कहरको समयमा स्थानीय गाउँमा राहत वितरण गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया