न्याय परिषद् सदस्य श्रेष्ठलाई बारको पत्र
काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन)का विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफलका लागि बोलाएको छ । बारमा महासचिव अन्जिता खनालले परिषद्का सदस्य श्रेष्ठलाई बिहीबार छलफलका लागि उपस्थित हुन आज पत्र पठाएका हुन् ।
न्यायाधीशहरुको ज्येष्ठता र वरियताक्रम नै फेरबदल हुने गरी न्याय परिषद् नियमावली संशोधन गरिएको विषयमा स्पष्ट हुनका लागि छलफलका लागि बोलाइएको महासचिव खनालले जानकारी दिए । ‘न्याय परिषद् नियमावली संशोधनप्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भई प्रधानन्यायाधीश एवं सदस्यलाई पटकपटक ध्यानाकर्षण गराइएको छ’, पत्रमा भनिएको छ, ‘न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा समेत यहाँ र बारको कार्यसमिति बीचमा छलफल गर्नुपर्ने भएकाले उपस्थितिका लागि अनुरोध गर्दछौँ ।’
अघिल्लै मितिमा नियुक्त भएका बहालवाला न्यायाधीशको ज्येष्ठताक्रम स्वत:पछि हुने गरी भएको संशोधन गरेको प्रति कानुन व्यवसायीको छाता सङ्गठन बारले विरोध गर्दै आएको थियो । राससले जनाएनुसार बारले उक्त विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया