Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ


काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा छुट्टाछुट्टै स्थानमा दुई जना पक्राउ परेका छन् । प्रहरीले झापा र मोरङमा गरी दुई जनालाई बुधबार पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ती गाउँपालिका बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ५३ वर्षीया महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१० वर्षीया बालिकाकाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैचा नगरपालिकाका ५५ वर्षीय पदम मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया