Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा सफा नोट नीति कार्यान्वयनमा ल्याउन निर्देशन

राष्ट्र बैंकद्वारा सफा नोट नीति कार्यान्वयनमा ल्याउन निर्देशन


सुरेश राउत
काठमाडौं, जेठ १२
नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी एवं लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै सफा नोट नीति कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘राष्ट्र बैंकद्वारा २०७३ वैशाख १२ गते जारी भएको सफा नोट नीति २०७३ लाई संशोधन गरी उक्त नीति कार्यान्वनमा ल्याउन निर्देशन दिएको हो ।

उक्त नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुुन आएका नोटहरुलाई एटीएमलगायतका मेसिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउनयोग्य काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन भागमा विभाजन गर्नुपर्नेछ । एटीएमलगायतका मेसिनहरुको माध्यमबाट एटीएम मेसिनमा पठाउन योग्य नोटको प्याकिङमा हरियो रंगको स्लिप र अयोग्य नोटमा रातो रंगको स्लिप प्रयोग गर्नुपर्नेछ । काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य नोटको स्लिपमा भने सेतो रंग प्रयोग गर्नुपर्नेछ ।

राष्ट्र बैकमा अनुसार यसरी बर्गिकरण गरी छुट्याएको स्लिपहरुमा बैंक तथा वित्तीय संस्थाको नाम, शाखा कार्यालयको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारीको परिचय नम्बर, सही र मिती अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ । नोटमा स्टिचको प्रयोग गर्न भने पाइनेछैन । यसमा आवश्यकताअनुसार रबर, प्लाष्टिक पेपर बैण्ड आदि प्रयोग गर्न सकिनेछ । साथै नोटमा नलेख्ने, केरमेट नर्गर्ने र हिफाजत गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । परिपत्रअनुसार झुत्रिएको, मक्किएको, गलेको, जलेको, लुुलो भएको, किराले खाएको, भिजेको, छपाइ बिग्रेको, नोटमा रहेका अक्षर, अंक, सुरक्षणहरु नबुझिने भएको, राजाको चित्र अंकित भएका आदि नोटहरुलाई भने पुनः निष्काशन अयोग्य नोटको रुपमा गणना गर्नुपर्नेछ ।

चलनचल्तीमा अयोग्य हुुने नोटहरुसम्बन्धी बैंक तथा वित्तीय संंस्थाहरुले आफूलाई पायक पर्ने नोट कोषमा बुझाउनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार भुुक्तानी गर्दा वा सटही गर्दा चलनचल्तीमा पठाउनयोग्य नोटहरु मात्र पठाउनु पर्ने छ भने नोट पठाउनुअघि यसलाई जीवाणुरहित बनाउनुपर्नेछ । यसबाहेक नोट राख्ने दराज, र्याक आदि सफा हुने पर्ने एवं पर्याप्त मात्रामा प्रकाश छिर्ने हुुनुपर्नेछ ।

चार अर्ब रुपैयाँको बचतपत्र बिक्री प्रक्रियामा : काठमाडौं, जेठ ११ । नेपाल राष्ट्र बैंकले चार अर्ब रुपैयाँबराबरको बचत पत्रको बिक्री कार्य सुरु गरेको छ । राष्ट्र बैंकका अनुुसार यही जेठ १ गतेबाट पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८२ (पाँच वर्षे)को बिक्री कार्य सुरु गरेको हो । बिक्री खुल्ला हुने अवधि यही जेठ १ गतेदेखि जेठ २१ गतेसम्म तोकिएको बचतपत्रको निष्काशन मिति २०७७ पुुस २५ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको सावाँ भुक्तानी अवधि भने २०८२ जेठ २५ गते तोकिएको छ ।

वार्षिक नौ प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी प्रत्येक छ/छ महिनामा हुुनेछ । राष्ट्र बैंकका अनुसार यो बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् । बचतपत्रको लागि खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा बढीमा कुुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुुसार खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन समेत सकिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x