Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको मौका छोपी उदयपुर सिमेन्ट उद्योगद्वारा मूल्यवृद्धि

लकडाउनको मौका छोपी उदयपुर सिमेन्ट उद्योगद्वारा मूल्यवृद्धि


विराटनगर, जेठ १२
कोभिड १९ का कारण लकडाउनमा परेका उद्योगलाई छल्दै नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक्कासि मूल्यवृद्धि गरेपछि बन्द अवस्थामा रहेका निजीक्षेत्रका उद्योगीहरु अलमलमा परेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले गैँडा सिमेन्ट उत्पादन गर्दै आएको थियो । उदयपुर सिमेन्ट उद्योग जलजलेले यसै हप्तादेखि लागू हुने गरी भन्दै प्रतिबोरा ७ सय ४० को सिमेन्टलाई मूल्यवृद्धि गरी प्रतिबोरा ८ सय ३ रुपैयाँ ६५ पैसा मूल्य कायम गरेपछि निजीक्षेत्रका सिमेन्ट उद्योगीहरु अन्योलमा परेका छन ।

एक उद्योगीका अनुसार करिब एक महिनाअगाडि निजीक्षेत्रका सिमेन्ट उद्योगीहरुले लकडाउनका कारण सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने क्लिङकर प्रतिटन १२ सयको मूल्यवृद्धि भएको कारण बताएर मूल्यवृद्धिका लागि नेपाल सरकारलाई लिखित आग्रह गर्दा कुनै हालतमा मूल्यवृद्धि गर्न नदिने भन्दै उद्योग तथा वाणिज्य मन्त्रालयले निवेदन नै दर्ता नगरी फर्काएको थियो । तर एक महिना पनि नपुग्दै सरकार आफैँ मूल्यवृद्धिमा सक्रिय भएपछि लकडाउनको मारमा परेका निजीक्षेत्रका उद्योगहरु नराम्रोसँग प्रभावित भएको निजीक्षेत्रका उद्योगीहरुले गुनासो गर्न थालेका छन् । अहिलेको यो महामारीबाट उद्योगलाई राहत उपलब्ध हुने आशा लिएर बसेका उद्योगीहरु सरकारले सिमेन्टको मूल्यवृद्धि आफैँ गरेपछि सरकारले नै सञ्चालन गर्दै आएका ठूला–ठूला विकास आयोजना समेत नराम्रोसँग प्रभावित बन्ने अवस्था सरकार आफैँले सृजना गरेको निजीक्षेत्रका उद्योगीहरुले बताएका छन् ।

सिमेन्ट उत्पादनमा एकाधिकार बजार जमाएको गैडा सिमेन्टले वार्षिक २ सयदेखि ३ सय करोडसम्मको टर्नओभर सिमेन्ट उत्पादन गर्दै आएको देखिए पनि उद्योगका कर्मचारीदेखि सरकारी नियुक्तिमा कुर्सीमा पदासीन व्यक्तिबाट हुने भ्रष्टाचार नियन्त्रण गर्न राज्य अक्षम देखिएका कारण राज्य आफैँ उपभोक्तालाई मूल्यवृद्धिको मारमा धकेल्न लागिपरेको निजीक्षेत्रका उद्योगी एवं व्यवसायीले बताएका छन् । अहिले देशमा क्लिङकरको खानी सञ्चालनमा सरकारका नजिकमा रहेका केही सीमित व्यक्तिको हालीमुहाली भएको कारण उनीहरुकै कार्टेलिङका कारण सरकार बजेटको मुखमा आएर सिमेन्टको मूल्य वृद्धिमा संलग्न भएको समेत निजीक्षेत्रका उद्योगी एवं व्यवसायीले खुलासा गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x