Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरामा इनरह्वीलको शताब्दी उत्सव

पोखरामा इनरह्वीलको शताब्दी उत्सव


पोखरा । इनरह्वील क्लबको एक सय बर्ष पूरा भएको अवसरमा नेपालमा रहेका करिब ४० क्लबले पोखरामा प्रभातफेरी र्यालीसहित शताब्दी उत्सव कार्यक्रम गरेका छन् । सो अवसरमा करिब तीन सय जना महिला सहभागी थिए ।

प्रभातफेरी र्याली लेकसाइडको गौरीघाटबाट सुरु भइ अम्बोटमा पुगी उत्सव कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा विभिन्न विधामा काम गर्ने महिलालाई समेत सम्मान गरिएको थियो । विश्वमा छरिएर रहेका एक सय देशका चार हजार इनरह्वील क्लबका करिब एक लाख सदस्यहरुले एकसाथ शताब्दी उत्सव मनाइएको ड्रिष्टिक्ट चेयरम्यान टूना थापाले जानकारी दिइन् ।

क्लबका नेश्नल रिप्रिजेन्टिभ कमला महर्जन सुवालले बेलायतमा सन् १९२४ मा माग्रेट बलीबमर गोल्डिनले स्थापना गरेको इनरह्वील नेपालमा भने जिल्ला तहमा सन् २०१४ देखि विधिवत् रुपमा काम गर्दै आएको बताइन् । उनले महिला सशक्तीकरणमा महिलाहरु नै अग्रसर हुनुपर्नेमा उनको जोड छ ।

कोपिला नेपालकी कार्यकारी निर्देशक एवं अधिकारकर्मी विना सिलवालले महिलाको संविधानमा उल्लेख भएको अधिकारलाई व्यवहारमा उतार्न अंश र वंशको अधिकारलाई प्रयोगमा ल्याउनुपर्ने बताइन् ।

कार्यक्रम संयोजक एवं क्लबका पिडिसी सरजिश पालिखेले इनरह्वीलले शिक्षा, स्वास्थ्यका साथै नेपालको वातावरणीय विषय, महिला सशक्तीकरणका सवालका फेलोसिप, फ्रेन्डसिप, पर्शनल सर्भिस र इन्टरनेश्नल डेभलपमेन्टमा काम गर्दै आएको बताइन् ।

इनरह्वील क्लब न्यूरोडकी अध्यक्ष मीना कुमारी शर्मा ढकालले महिलाहरुलाई सशक्तीकरणका साथै आत्मबल प्रदान गर्ने संस्था इनरह्वील भएको बताइन् । उनले सकारात्मक सोँच र महिलाको क्षमता वृद्धिमा क्लबको प्रभावकारिता उल्लेखनीय रहेको स्पष्ट पारिन् ।

कार्यक्रममा नेवार समुदायमा गरिने दुलहीतर्फको वैवाहिक प्रचलनको प्रहसनसहित नृत्य, कवितासमेत प्रस्तुत गरिएको इनरह्वील क्लब न्यूरोडका संस्थापक निर्मला मल्लले जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया