Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ वार्षिकोत्सव मनाउँदै

ब्रिटिस काउन्सिल नेपालले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ वार्षिकोत्सव मनाउँदै


काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ । प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्वसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहनेछ ।

यो प्रदर्शनीले दुई मुलुकबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्बन्धलाई अझ सुमधुर पार्ने विश्वास लिइएको छ । नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरेका छन् । उनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धलाई सुध्रिढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’

त्यसैगरि, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकबीच रहीआएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुधिढ बनाउन सघाउने बताए । उनले भने, ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुनसक्ने सहकार्यहरुलाई संकेत गर्दछ ।’

बेलायत र नेपालबीच कूटनैतिक सम्बन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यस उप्रान्त, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा विकास भएको छ, जसका प्रभावहरु लाखौं जनताहरुबीच पुगेका छन् ।

ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गर्दै भनिन्, ‘विगतका छ दशकमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरुसँग मिलेर लाखौंबीच पुग्न सकेका छौं । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ ।’

लण्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएको, विगतका ६५ बर्षमा ब्रिटिस काउन्सिल नेपालल साझेदारीहरुलाई अभिबृद्धि र सहकार्यलाई सहजिकरण गर्दै विभिन्न कार्यक्रममार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको जनाइएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया