Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीद्वारा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको भ्रमण

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीद्वारा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको भ्रमण


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको भ्रमण गरेका छन् । सानो भर्याङ्गस्थित उक्त संस्थानमा मन्त्री खड्कालाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गरेका थिए ।

सो अवसरमा मन्त्री खड्कालाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक, प्रा.उपरथी प्रा.डा.देवेन्द्र बहादुर खत्री(अ.प्रा.)ले उक्त संस्थान तथा मातहतका महाविद्यालयहरूमा सञ्चालित शैक्षिक गतिविधिहरूका बारेमा जानकारी गराएका थिए । सो अवसरमा मन्त्री खड्काले संस्थान तथा मातहतका महाविद्यालयहरूको अवलोकन गरेका थिए ।

वहालवाला र अवकाशप्राप्त सैनिक व्यक्तिका जेहेन्दार सन्ततीलगायत सर्वसाधारणका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले मिति २०६८ सालमा स्थापित संस्थानमा हाल नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालय, चिकित्सा शास्त्र महाविद्यालय र नर्सिङ्ग महाविद्यालय अन्तरगत कूल १७ सय १० विद्यार्थीहरु अध्ययनरत छन् ।

भ्रमणका अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देल, रथीवृन्द, रक्षा मन्त्रालयका सह–सचिवलगायत नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान तथा अन्तरगत महाविद्यालयहरूका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति थियो । सोही अवसरमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्रीले संस्थान परिसरसँगै रहेको सैनिक पुनस्र्थापना केन्द्रको पनि अवलोकन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया