कांग्रेसकी नेतृ द्रौपदा शर्माको निधन, पूर्वमुख्यमन्त्री पोखरेललाई मातृशोक
पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई मातृशोक परेको छ । उनकी आमा, नेपाली काङ्ग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको १०२ वर्षको उमेरमा आज (मंगलबार) बिहान ४ बजे सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
द्रौपदाका चार छोरा र दुई छोरी छन् । उनका पति गोबद्र्धन शर्मा पोखरेलको यसअघि नै निधन भइसकेको छ । उनका छोराहरु संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवती हुन् ।
स्वर्गीय गोबद्र्धधन शर्मा भने राणा शासनको विरोधमा निकै क्रियाशील रहेका थिए । गोबद्र्धन शर्मा पोखरेलको पञ्चायतले सर्वस्वहरण गरेपछि उनलाई २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरी पैदल हिँडाई पोखरा हिरासतमा ल्याइएको बताइन्छ ।
मृतक द्रौपदाको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुन:स्थापनाका लागि महत्वपूर्ण योगदान रहेको चर्चा गरिँदै आइएको छ । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बनेकी थिइन् । नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत बनिसकेकी उनी गोबर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक भएर काम गरेकी थिइन् । उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया