Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशान्ति कार्य लजिष्टिक केन्द्रको समुद्घाटन

शान्ति कार्य लजिष्टिक केन्द्रको समुद्घाटन


काठमाडौं । बाराको जितपुरमा निर्मित श्री शान्ति कार्य लजिष्टिक केन्द्रको प्रधान सेनापति महारथी प्रभुराम शर्माले बिहीबार समुद्घाटन गरेका छन् । शान्ति स्थापना कार्यको लागि विश्वका विभिन्न मुलुकहरुमा नेपाली शान्ति सैनिकहरु खटिँदा आवश्यक पर्ने बन्दोबस्तीका सामग्रीहरुको भण्डारण, सम्भार तथा वितरण कार्यका लागि यस लजिष्टिक केन्द्रको स्थापना गरिएको हो ।

लजिष्टिक केन्द्रमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरुका लागि बन्दोबस्ती क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न बन्दोबस्ती तालिम सञ्चालन हुनेछ । यस्तै, उक्त केन्द्रमा मेन्टेनेन्स वर्कसपसमेत सञ्चालन हुनेछ । तीन चरणमा निर्माण सम्पन्न गर्ने योजनासहित २०७८ माघ ३ गतेबाट यस लजिष्टिक केन्द्रको निर्माण कार्य सुरु भएको थियो ।

उद्घाटन समारोहमा रथीवृन्द, अधिकृतलगायत सकलदर्जाको उपस्थिति थियो । बिहीबार नै प्रधान सेनापतिले वार्षिक सामुहिक तालिमरत फौजले मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका, वडा नं.२ स्थित ढुंगेगढीमा सञ्चालन गरेको तालिम अभ्यास र प्रदर्शनीहरुको समेत अवलोकन गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया