Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुम्बनी गुरुयोजनाअन्तर्गतका योजनाहरु सुरु गर्न निर्देशन

लुम्बनी गुरुयोजनाअन्तर्गतका योजनाहरु सुरु गर्न निर्देशन


काठमाडौं, जेठ १५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनी गुरुयोजनाअन्तर्गतका योजनाहरु पुनः सुरु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषका पदाधिकारीहरुसँग बुधबार ‘भर्चुअल मिटिङ’ गदै मन्त्री भट्टराईले लकडाउनको समय भए पनि सामाजिक दूरीलगायतका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दैै स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुरु गरिरहन निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले पाँच निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन् । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय बुद्धिस्ट संगठनहरुसँग पनि भर्चुअल बैठक गरी कोराना महामारीविरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाएका थिए । भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधिबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।

लुम्बिनी विकास कोषले कोभिड–१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्यसचिव ज्ञानिन राईले बताए । उनले लुम्बिनी क्षेत्र आसपासमा रहेका २२ बटा क्वारेन्टाइनमा समेत विभिन्न खाद्य सामग्री, मास्क सेनिटाइजरलगायतका स्वास्थ्यसामग्री समेत प्रदान गरेको उनले बताए । सदस्यसचिव राईले लुम्बिनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरण पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको वरिपरि विश्रामस्थल निर्माण गर्ने काम समेत लकडाउनको समयमा पनि नरोकिएको बताए । सानोतिनो गरेर दर्जनौं निर्माणको काम समेत भइरहेको उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x