नेपालीलाई रुसी सेनामा भर्ती गर्न र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न माग
काठमाडौं । बालुवाटारस्थित रुसी दूतावासलाई लक्षित गरि नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न रुसलाई आग्रह गर्दै प्रदर्शन गरिएको छ । सोमबार दिउँसो बालुवाटारस्थित पवित्र वर्कशप चोक मुख्य सडक किनारमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा उक्त माग राख्दै प्रदर्शन गरिएको थियो ।
नेपालीहरुलाई रुसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य तत्काल रोक्न रुसलाई आग्रह गर्दै शान्ति समाज काठमाडौं शाखाका जिल्ला सभापति भगवान पुडासैनी, केन्द्रिय सभापति राम कृष्ण बराल, संस्थापक सभापति कृष्ण पाहाडी, केन्द्रिय सदस्य दिवाकर पुडासैनिलगायत करिब ३० जनाको समुहले शान्ति पूर्ण विरोध कार्यक्रम गरेका थिए । कार्यक्रममा उनीहरुले रसियाः युक्रेनमा बन्द गर युद्ध, रुसः क्षति अति भयो, युद्ध तत्काल बन्द गर, मित्रताले मानवता बचाउछ, ७१२ दिनको युद्धले केही पाइएन, गुमाए धेरै कुराहरु लगायतका विरोधका विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया