Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा २४ करोड ९३ लाख रुपैयाँको लगानी प्रस्ताव

राष्ट्र बैंकद्वारा २४ करोड ९३ लाख रुपैयाँको लगानी प्रस्ताव


काठमाडौं, जेठ १८
नेपाल राष्ट्र बैंकले २४ करोड ९३ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको प्रस्ताव गरेको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुुद्दती निक्षेपको रुपमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा १९ करोड ९६ लाख, सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुमा तीन करोड ७३ लाख र राष्ट्रियस्तरका फाइनान्स कम्पनीहरुमा एक करोड २४ लाख रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव गरेको छ । रकम लगानीको अवधि आगामी असार १ गतेदेखि वि.सं. २०७८ जेठ ३१ गतेसम्म तोकिएको छ ।

रकम लगानी गर्न चाहने इच्छुुक बैंक तथा फाइनान्स कम्पनीहरुले यही जेठ २० गते मंगलबार अपराह्न २ बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

यसबाहेक कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पँुजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक व्यक्ति पक्राउ : एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँँदै गर्दा एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीमा प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका अनुसार शनिबार बिहान सवा २ बजे मध्यपुर थिमी नगरपालिका ६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरमा रहेको एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर थिमी नगरपालिका ६ नगदेशमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ रहेको प्रहरी नायब उपरीक्षक कँडेलले बताए । पक्राउ परेका तामाङको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद भएको छ । पक्राउ परेका तामाङलाई हाल अनुसन्धानको क्रममा थुुनामा राखिएको छ । पक्राउ परेका तामाङले चोरी नगरिसकेको र चोरीको प्रयास गर्दैगर्दा पक्राउ गरिएको कँडेलले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x