Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअन्तर्राष्ट्रिय म्याराथनका लागि देशभरका रोटरीयन पोखरामा भेला हुने

अन्तर्राष्ट्रिय म्याराथनका लागि देशभरका रोटरीयन पोखरामा भेला हुने


पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा देशभरका रोटरीयनहरु सहभागी हुने भएका छन् । सोमबार पोखरामा आयोजित रोटरी क्लबहरुसँगको अन्तरक्रियामा सहभागीले म्याराथनमा आर्थिकदेखि भौतिकरुपमै सहभागी भएर सघाउने प्रतिवद्धता जनाएका हुन् ।

म्याराथनको सहप्रायोजन रोटरी डिष्ट्रिक्ट ३२९२ ले गरेको छ । कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरीयनहरुको उल्लेख्य सहभागिता गराउन सघाउने प्रतिवद्धता जनाए । उनले ह्वीलचियर र दृष्टिविहीन दौडका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । म्याराथनको ‘रनफर फन’मा सहभागी भएर उत्साह थप्ने भन्दै गभर्नर कोइरालाले पोखरामा हुने रोटरीयनहरुको सम्मेलन पनि सोही मितिमा तय गरिएको बताए ।

उनले भने, “दौड स्वास्थ्यका लागि अपरिहार्य छ । त्यसैले पनि रोटरीले देशव्यापी म्याराथन प्रतियोगिता आयोजना गर्दैछ । स्वास्थ्यलाई सवल बनाउने अभियानमा सबै रोटरीयनहरु जोडिनेछन् ।” रोटरी सम्मेलनमा सहभागी हुने पोखरा आउने देशभरका रोटरीयनलाई म्याराथनमा सहभागी गराइने गभर्नर कोइरालाले बताए । उनले रोटरी क्लवलाई स्वयंसेवकको रुपमा काम गर्नका लागि आग्रह समेत गरे ।

रोटरीका एसिष्टेन्ट गर्भनर जयराम पौडेलले आफू आवद्ध रोटरीसँग अन्य संघलाई समेत म्याराथनसँग जोड्ने प्रतिवद्धता जनाए । अर्का एसिष्टेन्ट गर्भनर ईश्वर कर्माचार्यले रोटरी क्लवका लागि आवश्यक पर्ने टिसर्टका लागि सहयोग गर्ने बताए । उनले टिसर्टको खर्च रोटरीले गर्ने स्पष्ट पारे । रोटरीयन किशान सुनारले प्राविधिकरुपमा क्यामेरा र ड्रोन उडाएर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन म्याराथनको आधिकारिक निकायसँग जोडिदै अन्तर्राष्ट्रिय जगतमा पुगिरहँदा रोटरीसँगको सहकार्यले थप आकर्षित गरेको बताए । मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथनसँग रोटरी आगामी तीन वर्षका लागि जोडिएको बताए । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मातृभूमिका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गरिरहँदा खेलाडीको संस्थासँग जोडिएर पुनःअर्को योगदान गरेकोमा खुसी व्यक्त गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया