Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलैंगिक हिंसा तथा घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लैंगिक हिंसा तथा घरेलु हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न


काठमाडौं । काठमाडौं बालाजुस्थित बाईसधारा पार्कमा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनिकरणसम्बन्धी सचेतनामूलक ‘समान युग नाटक प्रदर्शनी’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको आयोजना एवम् प्रहरी वृत्त बालाजु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटारको सहकार्यमा उक्त कार्यक्रम आज(बुधबार) सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले ‘शान्त समृद्ध समाजको आधार, घरेलु हिंसारहित परिवार’ भन्ने भनाइलाई हृदयगमन गरी आफ्नो टोल छिमेकमा भइरहेको लैंगिक तथा घरेलु हिंसा न्यूनिकरणको लागि आफू पनि जागौं, अरूलाई पनि जगाऔं र यस्ता किसिमका हिंसालाई समाजमा जरैदेखि निर्मूल पारौं भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताइन् । यस कार्यक्रमबाट सकारात्मक प्रभाव परि समाजमा हुने गरेका विभिन्न किसिमका हिंसा न्यूनिकरणमा केही हदसम्म टेवा पुग्ने विश्वास उनले व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले घरेलु हिंसा सामाजिक अपराध भएको र यसले समाज र घर परिवार, एवम् व्यक्तिले लिने निर्णयमा ठूलो असर पुर्याउने हुनाले यस्ता हिंसा न्यूनिकरण गर्नका लागि प्रहरी, सबै स्थानीय निकाय एवम् विभिन्न संघसंस्थाले प्रभावकारी रूपमा कार्य गर्दै आइरहेको बताइन् । यस्ता कार्यक्रमले लैंगिक एवम् घरेलु हिंसासम्बन्धी जनचेतना फैलाउन सहयोग पुर्याएको र यस्ता हिंसा भएमा सम्बन्धित निकायमा जान समेत उपस्थित महानुभावलाई उनले अनुरोध गरिन् ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र बोहराटारका अध्यक्ष शिव कुमार बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्दै यस सचेतनामूलक कार्यक्रमले समाजमा हुने लैंगिक एवम् घरेलु हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताए । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयका कलाकारद्वारा सचेतनामूलक नाटक एवम् गीति नाटक प्रस्तुत गरिएको थिए । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक/शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया