Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहुलाकको १६ सय ३६ कर्मचारीको दरबन्दी खारेज

हुलाकको १६ सय ३६ कर्मचारीको दरबन्दी खारेज


काठमाडौं । आज बिहिबार बसेको मन्त्रिपरिषद बैठकले हुलाकको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने र हुलाक सेवा अन्तर्गतका १६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो ।

निर्णानुसार अबदेखि सबै स्थानीय तहमा एउटा हुलाक कार्यालय हुनेछन् । मन्त्रिपरिषदको निर्णयले हुलाकको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज भएका छन् । सरकारले संगठन तथा व्यवस्थापन सर्भेमार्फत हुलाकतर्फका करिब १६ सय ३६ सय कर्मचारीको स्थायी दरबन्दी कटौती गरेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटले सरकारले जिल्ला, इलाका र अतिरिक्त हुलाक कार्यालयहरु खारेज गर्ने र प्रत्येक स्थानीय तहमा हुलाक कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो । यही घोषणाअनुसार जिल्ला र इलाका हुलाक कार्यालयसहित हुलाक निर्देशनालयहरुको पुनर्संरचना गर्दै स्थायी दरबन्दीको पुनरावलोकन भएको हो । बजेटले सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरावलोकन गरी छरितो बनाउने घोषणा गरेको थियो । बजेट वक्तव्यमा सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिनाभित्र संगठन तथा व्यवस्थापन सर्भेक्षण सम्पन्न गर्नुपर्ने भनिएको थियो ।

सरकारको निर्णयअनुसार हुलाकका खरिदारदेखि अधिकृतसम्मको दरबन्दी कटौती भएको छ । हुलाक सेवामा अहिलेसम्म कुल १७ हजारभन्दा बढी कर्मचारीको दरबन्दी थियो । त्यसमध्ये ६ हजारभन्दा बढी स्थायी दरबन्दी कायम भएकोमा १६ सय ३६ सय कर्मचारीको दबरन्दी हटेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया