Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकरेन्ट लागेर एक बालकको मृत्यु

करेन्ट लागेर एक बालकको मृत्यु


सुनसरी । इटहरी उपमहानगरपालिका–१६ मज्राहा बस्ने मोती अन्सारीको छोरा १३ वर्षीय कलिन मियाँको करेन्ट लागेर मृत्यु भएको छ । १३ वर्षीय मियाँको बुधबार दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँस्थित कलमा मोटर चलाई पानी खाने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सान्वी सिटी अस्पताल लबिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया