घाटामा गएका उद्योगहरूको आईपीओ जारी गर्ने होडबाजी
विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहँदै आएका उद्योगहरूमा साधारण सेयर निष्काशन गर्ने होडबाजी चलेको छ । कतिपय त घाटामा गएका उद्योगहरूले समेत सेयर जारी गर्ने होडबाजी गरिरहेका छन् । सुनसरीको खनारमा रहेको रिलाइन्स स्पिनिङ उद्योगले आईपीओ निष्काशन नै गरिसकेको छ भने सुनसरीमै रहेको सारडा ग्रुपको प्रिमियम स्टिलले पनि आईपीओ जारी गर्नको लागि तयारी गरिरहेको छ ।
घाटामा गएका उद्योगहरूको आईपीओ जारी गर्नुुका पछाडि बैंकमा रहेको व्यक्तिगत ऋणको जमानी फिर्ता हुुने र आईपीओ जनतालाई बेचेर आम्दानी गर्ने उद्देश्यले मात्रै रहेको देखिन्छ । अहिले बैंकहरूमा अधिक मात्रामा तरलता थपिएको र लगानीका लागि कुनै नयाँ क्षेत्र नदेखिँदा बैंकमा पैसा खचाखच जम्मा भएर बसेको छ ।
बैंकमा तरलता बढी भएसँगै बैंकले आफ्नो लगानी उद्योग, व्यापार वा घर जग्गामा समेत गर्न नसकेको अवस्थामा पछिल्लो समय आईपीओ जारी गर्ने होडबाजी चलेको एक उद्योगीले जानकारी दिए । यो आईपीओ निष्काशनको होडबाजीसँगै स्वाभाविक सेयरबजारमा एउटा विचलनको अवस्था देखापरेको भन्दै यसको सुधार तत्काल हुन नसकेमा सेयरबजार पनि धराशायी बन्ने ती उद्योगीको भनाइ छ ।
सरकारले सेयरबजारप्रतिको दृष्टिकोण र पोलिसीमा कडाइ गर्नुपर्ने उनीहरूको सुझाव छ । अहिले जस्तो पनि कम्पनीले आईपीओ निष्काशनका लागि निवेदन दिएको र ती कम्पनीलाई पनि फेरि अनुमति प्रदान गरेपछि यस्तो अस्तव्यस्त अवस्थाबाट बजार र समग्र अर्थतन्त्रको सुधार हुन नसक्ने उद्योगी तथा व्यवसायीको दाबी छ ।
२०२३ को सुरुदेखि नै ओरालो लाग्दै आएको नेप्सेको यात्रामा २०२४ को सुरुवाती अवस्थासम्म पनि अपेक्षाकृत सुधार हुन सकेको छैन । पछिल्ला महिनाहरूमा अपेक्षा गरेभन्दा सुस्त गतिमा बढिरहेको नेप्सेले कर्पोरेट क्षेत्रको आम्दानी र नाफाको बारेमा चिन्ता निम्त्याइरहेको अवस्थामा करिडोरमा थलिएका र घाटामा सञ्चालन भइरहेका केही उद्योगहरूले आईपीओ जारी गर्न लामबद्घ भएपछि पछिल्लो समय सेयर कारोबार नै धराशायी हुने अवस्था आउने हो कि भन्ने प्रश्न खण्डा हुन पुगेको छ ।
सेयरबजार एउटा निश्चित विन्दुमा पुगेर फेरि कुनै बिन्दुमा झर्नु वा घट्नु स्वाभाविक भए पनि बजार बढिरह्यो भने पनि निकट भविष्यमा त्यसको ठूलो क्षति लगानीकर्ताले भोग्नुपर्ने हुन्छ । सेयरबजार ठूलो परिमाणमा घट्यो भने पनि अब खराब यात्राको समापन भएर नयाँ यात्राको तय हुँदै छ कि भन्ने विश्वास आम नागरिकमा जागेको देखिन्छ । तर, ती अवस्था केही पनि नहुुँदा–नहुुँदै अहिले सुुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका केही उद्योगका नाममा आईपीओ जारी गर्ने होडबाजी किन बढ्यो भन्नेमा सेयरबजारका खेलाडीहरू नै आश्चर्यमा छन् ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 1
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया