Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसनराइज बैंकका कर्मचारीहरूको कोरोना बीमा

सनराइज बैंकका कर्मचारीहरूको कोरोना बीमा


काठमाडौं, जेठ १८
सनराइज बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको कोभिड–१९ बीमा गरेको छ । बैंकले कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरूको कोभिड–१९ बीमा गराएको हो । कोभिड–१९ बीमाअन्तर्गत प्रत्येक कर्मचारीहरूको एक लाख रूपैंया बराबरको सामूहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको बैकले जानकारी दिएको छ ।

बीमा लेख सम्झौताअनुसार बैंकको कर्मचारीहरूमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमादाबी गर्न सकिने बैंकले जानकारी दिएको छ । सम्झौताले आफ्ना कर्मचारीहरूको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरूलाई आर्थिक राहत मिल्ने बैंकको विश्वास छ । बैंकले कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामग्रीहरू समेत उपलब्ध गराउँदै आएको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x