रुसी सेनापीडितका परिवारद्वारा उद्धारको माग गर्दै राप्रपालाई ज्ञापनपत्र
काठमाडौं । रुसी सेनापीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सहचेतना अभियान्ताले रूसी सेनामा रहेका नेपालीहरूको उद्धारको माग गर्दै धुम्बाराहीस्थित राप्रपा पार्टी केन्द्रीय कार्यालयमा गएर ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आज शुक्रबार दिउँसो राप्रपा पार्टी कार्यालय गएर ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले रूसी सेनामा रहेका नेपालीहरूको उद्धार गर्न, मृतक नेपालीहरुको परिवारलाई राहत तथा बेपत्ता भएका नेपालीहरूको अवस्था सार्वजनिक गर्ने मागमा सहयोग र समन्वय तथा ध्यानाकर्षण गर्न पीडितका आफन्तहरु कुतु भण्डारी, सुमि राई, सीता माया बलको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्विमान तामाङ, महामन्त्री डा.धवलशम्शेर राणा, सांसद उद्वव थापा र सचिवालय प्रमुख केदार बहादुर अधिकारी समक्ष करिब ३० जनाको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया