ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा ट्रकमा आगजनी
मोरङ । विराटनगर महानगरपालिका–५ बरगाछि चोकमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ । आइतबार बिहान बा.प्र ३–००१ ख १४११ नम्बरको ट्रकले को.३६ प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका–९ बस्ने २५ वर्षीय नगेन चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनालाई लिएर आक्रोशित स्थानीय बासिन्दाले ट्रकमा आगजनी गर्दा ट्रकको अगाडिको भाग जलेर क्षति भएको छ । साथै घाइते भएका ट्रक चालकलाई उपचारको लागि बिराट नर्सिङ होमतर्फ पठाइएको छ भने आगजनीमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
- सरकारको राजस्व संकलन १७ प्रतिशत बढ्यो
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
- राजस्व सङ्कलन बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया