सिरहा । सिरहाको मिर्चैया नगरपालिका आइतबार मध्याह्न १२ बजेतिर केही उच्छृङ्खल व्यक्तिबाट कार्यालयमा तोडफोड भएको छ । नगर प्रमुख श्रवण यादवले घटनाको घोर भत्र्सना गर्दै कारबाहीका लागि स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।
नगरपालिकाको जारी विज्ञप्तिमा भनिएको छ, ‘मिर्चैया नगरपालिका–३ का वडाध्यक्ष पवित्रीदेवी यादवको पति खगेश्वर गोहीवार यादवसहित करिब ४० जनाको समूहमा आएको उच्छृङ्खल व्यक्तिले अन्धाधुन्ध ढुङ्गामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसीटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्वपूर्ण सामग्री नष्ट भएको छ ।’ कुनै किसिमको माग नै नराखी यस नगरपालिकाभन्दा बाहिरको व्यक्तिलाई समेत सहभागी गराई आतङ्ककारी शैलीमा कर्मचारीलाई कुटपिट गर्ने मनसायले आक्रमण गरिएको नगरप्रमुख यादवले बताए ।
भूमिहीनलाई निस्सा वितरण सिरहाको लहान नगरपालिका–१५ का सात सय ७६ घरपरिवार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिका लागि लहान नगरपालिकाले नाप नक्साको निस्सा वितरण गरेको छ । निस्सा वितरण कार्यक्रममा नगर प्रमुख महेश चौधरी, नगर उपप्रमुख रामचलितर महतो, भूमि आयोगको अध्यक्ष रामअधिन यादव उपस्थिति थियो । भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई केही महिनाभित्रै सबैले लालपुर्जा प्रदान गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कन्ट्री रेटिङ ‘बीबी माइनस’, नेपालमा लगानीको जोखिम कायमै
- बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
- सरकारको राजस्व संकलन १७ प्रतिशत बढ्यो
- अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
- यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो
- मेची भन्सारबाट नेपालको चिया चीन निकासी
- अमेरिका भ्रमणको व्यक्तिगत खर्च महिला आयोगबाट असुल्ने प्रयास असफल
- नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया