Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवडाको विकास निर्माण कार्य ‘लकडाउन’मा पनि रोकिएको छैन : केसी

वडाको विकास निर्माण कार्य ‘लकडाउन’मा पनि रोकिएको छैन : केसी


काठमाडौं, जेठ १९
सरकारले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्नको लागि चैत ११ गतेदेखि मुुलुकभर लकडाउनको घोषणा गरेको छ । पछिल्लो पटक जेठ २० गतेसम्म लकडाउन घोषणा गरिएकोमा सरकारले पुुनः यसलाई थप गरेर जेठ ३२ गतेसम्म नै पु-याएको छ । तर भक्तपुरको चाँगुुनारायण नगरपालिकाअन्तर्गतको वडा नम्बर सात त्यस्तो क्षेत्र हो, जहाँको विकास निर्माण, कृषि, दूधलगायतका क्षेत्रका नियमित कार्यहरू लकडाउनको अवधिमा पनि निर्वाधरूपमा चलिरहेकाछन् ।

यहाँका वडावासीहरूमा कोभिड १९ को बारेमा सचेत छन, सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरूपमा पालना गरेकाछन् । यसको बाबजुुत पनि सर्वसाधारणहरूले कोभिड १९ को नियन्त्रणको लागि सुरक्षाका सबै विधिहरू अपनाएर आफनो खेतबारीको काम नियमितरूपमा गरेर यस क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाएकाछन्, यो हामी जनप्रतिनिधिको लागि पुुनः सुखद कुरा हो, चाँगुुनारायण नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ज्ञानबहादुर केसीले भने । यो वडा धेरैजसो ग्रामीण क्षेत्रमा पर्छ, तल गोसापुलदेखि खरिपाटी व्यारेक पनि यसै वडामा पर्छ ।

यस अर्थमा वडाको केही भाग सहरी क्षेत्रमा पनि पर्छ । तर, सबैले सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरूपमा पालना गर्दै विकास निर्माणदेखि खेतीपाती, पशुवस्तुको कार्यलाई निरन्तरता दिएकाछन् । यस क्षेत्रमा स्थायीरूपमा बसोबास गर्ने तथा भाडामा बस्ने व्यक्तिहरू जसको आर्थिक अवस्था कमजोर छ, जो वास्तवमा नै लकडाउनको कारण पीडामा परेकाछन्, ती व्यक्ति तथा परिवारहरूलाई वडाले विभिन्न निकायहरूको सहयोग तथा समन्वयमा आफ्नो क्षमताले भ्याएसम्म राहत सामग्री समेत वितरण ग-यौं, उनले भने । कोभिड १९ को जोखिम अझै बढ्दै गएकाले वडाले आम नागरिकहरूलाई कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि सरकारले जारी गरेको नीति निर्देशनअनुसार काम गर्न आग्रह गर्दे आएको समेत वडा अध्यक्ष केसीले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x