काठमाडौँ,धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव ५६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।
कुल एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ । सो कम्पनीको रु २२ करोड ८५ लाख ७६ हजार दुई सय ६७ बराबरको शेयर कारोबार भयो ।
सगरमाथा जलविद्युत् कम्पनी रु ११ करोड ५९ लाख ६५ हजार छ सय २१, जोशी हाइड्रोपावर रु १० करोड ७५ लाख ५८ हजार दुई सय ८३, एनआइसी एसिया बैंक रु आठ करोड ७० लाख २३ हजार एक सय ८० र हिमालयन ऊर्जा विकास कम्पनी रु आठ करोड ५७ लाख ५१ हजार नौ सय ४५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रोपावर आठ दशमलव शून्य एक, जोशी हाइड्रोपावर सात दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३४ प्रतिशतले कमाएका छन् ।
त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ७०, प्रोगेसिभ फाइनान्स पाँ दशमलव ५८, माहुली लघुवित्त पाँच दशमलव ४२, रिभर फल्स पावर पाँच दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले चार दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।रासस
क्याटेगोरी : शेयर बजार, समाचार
ताजा अपडेट
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया