मातृभाषामा समाचार सेवा सुरु गर्न प्रदेश सरकारको सहयोग रहन्छ : मन्त्री गुरुङ
मोरङ । कोशी प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राससलाई मातृभाषमा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
राससको ६३औँ वार्षिकोत्सवको अवसरमा आइतबार यहाँ आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ अन्तरक्रिया तथा शुभकामना आदानप्रदान समारोहमा राज्यमन्त्री गुरुङले प्रदेशमा धेरै बोलिने भाषामा समाचार सेवा सुरु गर्नका लागि प्रदेश सरकार राससलाई सहयोग उपलब्ध गराउन तयार रहेको बताइन् ।
उनले राससले समाचार प्रसारणमार्फत सरकार र जनताबीच पुलको काम गरेको उल्लेख गरिन् । साथै राससले पिछडिएका एवं गरिबी रेखामुनि रहेका नागरिकको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो । राज्यमन्त्री गुरुङले प्रदेशसभामा सदस्यले उठाएका जनताका मुद्दा राससले प्राथमिकताकासाथ सम्प्रेषण गरिरहेको बताउँदै सङ्घीयता कार्यान्वयन एवं मुलुकको विकास र समृद्धिमा राससको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका संस्थापक अध्यक्ष विक्रम लुइँटेलले राससले सम्प्रेषण गर्ने समाचारबाट राज्य र जनता दुबैलाई फाइदा भइरहेको बताए । उनले आफ्नो सेवा विस्तार गर्दै अघि बढिरहेको राससलाई अझ सुदृढ गर्दै लैजानुपर्ने सुझाव दिए ।
रासस कोशी प्रदेश प्रमुख मोहम्मद सदरुलले राससले इतिहासको अभिलेखीकरण, चेतनाको विकास, सभ्यता र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए ।
सो अवसरमा यस वर्षको उत्कृष्ट जिल्ला समाचारदाता मनोज दाहाललाई मन्त्री गुरुङले पुरस्कृत समेत गरिन् । पुरस्कारको राशि २० हजार रहेको छ । राससको शनिबार बसेको सञ्चालक समितिको बैठकले दाहाललगायतलाई उत्कृष्ट समाचारदाताका रुपमा पुरस्कृत गरेको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया