Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशव्यवसायी नौलखाको कारोबार शंकास्पद : भारतीय एमडीएम मसलामा राजस्व छली

व्यवसायी नौलखाको कारोबार शंकास्पद : भारतीय एमडीएम मसलामा राजस्व छली


विराटनगर । विराटनगरको श्री कृष्ण ट्रेडर्सले भारतबाट उत्पादन हुुँदै आएको एमडीएच मसलाको कारोबारमा व्यापक राजस्व छली गर्ने गरेको खुलेको छ ।

समाचार स्रोतका अनुसार विराटनगरमा रहेको आन्तरिक राजस्व कार्यालयमा मूल्य अभिवृद्धि करसहित आयकर समेतमा ३०५७००३९३ नम्बरबाट २०६८ सालमा नै दर्ता कायम भएको श्रीकृष्ण ट्रेडर्सले वार्षिक ११ करोडभन्दा बढीको कारोबार गर्ने गरेको छ । तर सो कम्पनीले न्यून राजस्व बुुझाएपछि उसको व्यावसायिक कारोबार नै शंकामा परेको हो । उक्त फर्मको सञ्चालकमा सारिका जैनको नाम दर्ता कायम गरिएको छ । तर सो फर्मको कानुुनीरूपको सञ्चालकमा जैन भए पनि सम्पूर्ण कारोबार र बजार व्यवस्थापन समेतको जिम्मेवारी अरुण नौलखाले गर्दै आएका छन् । भारतीय ब्राण्डको उक्त मसला नेपालमा आयात गरी कारोबार गर्दै आएका नौलखालाई केही वर्षअगाडि पनि राजस्व चुहावट भएको आशंका गर्दै राजस्व अनुसन्धान सुनसरीले सचेत समेत गराएको थियो । त्यति हुँदा पनि व्यवसायी नौलखाले आफ्नो कारोबारमा अझै कुनै पनि सुधार गरेका छैनन् ।

भारतमा राम्रो बजार बनाएको उक्त मसालले कोशी र मधेश प्रदेशमा राम्रो बजार विस्तार गरेको छ । व्यवसायी नौलखाले एमडीएच मसालाको कारोबारबाट छोटो समयमा राम्रो कारोबार गर्दै आएका छन् । उनले ठूलो–ठूलो रकममा मसलाको आयात गर्दा नै विशेषगरी मूल्य अभिवृद्धि करमा राजस्व चुहावट गर्ने गरेको स्रोतले बताएको छ । जसको कारण न्यू राजस्व बुझाएर राजस्व छली गर्न सञ्चालक नौलखा सफल हुँदै आएको बताइएको छ । उनले श्रीकृष्ण ट्रेडर्सको नाममा गत आर्थिक वर्षमा बुझाएको कारोबार विवरणमा ११ करोडभन्दा बढीको कारोबार गरेको विवरण आन्तरिक राजस्व कार्यालय विराटनगरलाई बुझाएका छन् । तर उनले उक्त रकमको कारोबार गर्दा जम्मा जम्मी एक लाख ५० हजार मात्र आयकर बुझाएपछि उनको कारोबार नै शंकाको घेरामा देखिएको हो । अब मसलाका कारोबारी नौलखाले श्रीकृष्ण ट्रेडर्सका नामबाट जारी गरिएका बिलविजक माथि नै अनुसन्धान गर्नुपर्ने अवस्था आएको आराका उच्च स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया