‘लकडाउन’को समयमा अनधिकृतरूपमा सवारी पासको दुरूपयोग गर्ने प्रहरी नियन्त्रणमा
काठमाडौं, जेठ २०
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि सरकारले २०७६ चैत ११ गतेदेखि विभिन्न चरणमा गरी यही जेठ ३२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सोही क्रममा लकाउनको समयमा अत्यावश्यक कामको लागि सरकारले जारी गरेको सवारी पासको अनधिकृतरूपमा दुरूपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुुमार केसीका अनुसार सजन देवकोटालाई सोमबार नियन्त्रणमा लिइएको हो । कार्यालयको नाम शंकर ग्रुप उल्लेख गरी हुण्डाइको क्रेटा गाडीको लागि देवकोटाले लकडाउनको समयमा काठमाडौं उपत्यकाभरि चलाउन पाउने गरी सवारी पास लिएका थिए । तर, उनको नाउँमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कुुनै सवारी पास जारी नभएको भन्ने जानकारी वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएपछि अनुसन्धानको लागि देवकोटालाई नियन्त्रणमा लिएका हौं, प्रवक्ता केसीले भने । नियन्त्रणमा लिएका देवकोटा उपर थप अनुसन्धान भइरहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया