Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३ सय ६५ जनाले कोरोना जिते, तीन हजार दुई सय ३५ संक्रमित

३ सय ६५ जनाले कोरोना जिते, तीन हजार दुई सय ३५ संक्रमित


काठमाडौं, जेठ २५
शनिबारसम्म तीन सय ६५ जना कोरोना निको भएर घर फर्किएका छन् । तीमध्ये २ सय ९९ पुरुष र ६६ महिला छन् । शनिबारसम्म ७० जिल्लामा तीन हजार २ सय ३५ सङ्क्रमित पृष्टि भएका छन् । शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेर घर फर्किका थिए भने शनिबार मात्र ३२ जनाले जितेर घर गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार शनिबार विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिएका हुन् । डिस्चार्जमध्ये पाँच महिला र २७ पुरुष रहेका छन् ।

जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन् । तीमध्ये एक महिला र १४ पुरुष रहेका छन् । १८ वर्षदेखि ४५ वर्षका उनीहरु १२औँ दिनदेखि १७औं दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन् । यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका दुई महिला र दुई पुरुष डिस्चार्ज भएका छन् । उहाँहरु बाँके र गुल्मीका हुन् । २३ देखि ३५ वर्ष उमेर समूहका उनीहरु १५औं दिनदेखि १७औं दिनमा डिस्चार्ज भएका हुन् ।

सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका पाँच रहेका छन् । तीमध्ये एक महिला छन् । ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका ११औँदेखि १४औँ दिनमा डिस्चार्ज भएका हुन् । यसैगरी सुर्खेत अस्पतालमा रहेका सात जना पनि शनिबार नै डिस्चार्ज भएका छन् । सुर्खेतका छ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र एक मुगुकी ३५ वर्षीया महिला छन् । पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडिटीबाट एक लाख ३७ हजार ४ सय ३५ व्यक्तिको परीक्षण गरिएको छ ।

यस्तै, कर्णाली प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ५ सय ८७ पुगेको छ । शुक्रबार एक सय जना थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ८९ पुगेको थियो । शनिबार थप ९८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआरबाट ४४ र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणबाट ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x