Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना महामारीमा प्रदेश १ का उद्योग, पर्यटन तथा वन मन्त्रीलाई तीन करोडको गाडी

कोरोना महामारीमा प्रदेश १ का उद्योग, पर्यटन तथा वन मन्त्रीलाई तीन करोडको गाडी


विराटनगर, जेठ २५
विश्वव्यापी रूपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस महामारीबाट सिङ्गो देश नै आक्रान्त भएको बेला प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्री जगदीशप्रसाद कुसीयैतका लागि भन्दै तीन करोड मूल्यका दुईवटा विलासी गाडी खरिद गर्न लागेको छ ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयले मन्त्री कुसियैत चढ्नका लागि भन्दै दुई करोड सात लाख ५० हजार मूल्यको विलासी गाडी किन्न बोलपत्र स्वीकृत गरेको आशयको सूचना जारी गरेको छ । साथै ८५ लाख ४८ हजार रूपैयाँमा थप एक गाडी समेत मन्त्री कुसियैतकै लागि खरिद गर्न लागिएको उद्योग, पर्यटन तथा बन मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत जेठ १२ गते गाडी खरिदको लागि बोलपत्र स्वीकृत गरेको सूचना जारी गरेको हो ।

मन्त्रालयले गत फागुन १८ गते बोलपत्र आह्वान गरेको थियो । महामारीको बेलामा प्रदेश सरकार र प्रदेश मन्त्रीहरू विलासिताका सामान किन्न थालेपछि उनीहरू विवादमा तानिएका छन् । (कोभिड–१९) कोरोना नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले सर्वसाधारणबाट समेत आर्थिक सहयोगको अपिल गरिरहेको बेला मन्त्री कुसियैतले विलासी गाडी खरिद गर्न लागेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार नै भ्रष्टाचारको दलदलमा फसेको आरोप अन्य राजनीतिक दलहरूले लगाउन थालेका छन् ।

प्रदेश १ सरकारले गठन गरेको (कोभिड–१९) कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था समितिको संयोजक समेत रहेका मन्त्री कुसियैतका लागि कोरोनाकै महामारीका बेला गाडी खरिद गर्न लागेपछि सर्वसाधारणदेखि उद्योगी व्यवसायीसमेतले जम्मा गरेको आर्थिक सहायता रकममा नै व्यापक भ्रष्टाचार भएको भन्दै राजनीतिक तहमा व्यापक आलोलना नै सुरु भएको छ । कोेभिड–१९ बाट ग्रस्त उद्योग व्यापार समेत नराम्रोसँग प्रभावित भएर आर्थिक संकट परेका बेलामा प्रदेश सरकारकै मन्त्रीबाट विलासी गाडी खरिद गर्नु आर्थिक अनियमितता नै भएको दाबी स्रोतले गरेका छन् ।

कोरोनाको महामारी बढ्दै गएको बेला प्रदेश सरकारले प्रभावकारी रूपमा राहत वितरण गर्न नसकेको भन्दै संसद्मा सत्तापक्षकै सांसदहरूले प्रश्न गरिरहेको बेला सरकारका एक मन्त्रीका लागि भने महंगो गाडी खरिद गर्ने काम उचित नभएको तर्क स्थानीय राजनीति दलले व्यक्त गरेका छन् । प्रदेशमा प्रदेश सरकारको गठन भएयता प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईदेखि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले समेत दुई करोड मूल्य पर्ने महंगा गाडी चढ्दै आएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x