भन्सारका प्रमुख र अधिकृतको संलग्नतामा रेड च्यानलको कपडा ग्रीन च्यानलबाट भन्सार पास
विराटनगर, जेठ २७
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण सरकारको राजस्व संकलन धराशयी भइरहेको अवस्थामा भन्सारमा राजस्व संकलनमा खटिने कर्मचारीलाई भने कमाउने अवसर बनेको छ । नेपालको मुख्य आम्दानी भनेकै विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स रकम र आयात तथा निर्यातबाट असुल्ने राजस्व नै हो । तर अहिले तीन महिनादेखि कोभिड–१९ को त्रासबाट मुलुक लकडाउनमा गएसँगै सरकारको राजस्व असुली समेत नराम्रो गरी प्रभावित बन्न पुगेको छ । प्रदेश १ को विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्षको पुस महिनादेखि नै सरकारको लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन ।
गत चैत्र ११ गतेबाट कोरोना भाइरसका कारण सुरु भएको लकडाउनले राजस्व संकलन गर्न नसक्ने विराटनगर भन्सार कार्यालयलाई फेरि पनि लक्ष्य नपुगेको बाहना बनाउन सहज भएको छ । तर विराटनगर भन्सारका प्रमुख शिव भण्डारीको सेटिङमै भन्सारमा आएका मालवस्तुको भन्सार मूल्याङ्कन गर्ने प्रक्रियादेखि भन्सार जाँचपास समेत हुने गरेको पाइएको छ ।
विराटनगर भन्सारप्रमुख शिव भण्डारीले आफ्ना अनुकूलको भन्सार अधिकृत सुनिता पौडेल र सुब्बा रमेश माझीलाई विराटनगर भन्सारको मूल्याङ्कन फाँटमा खटाएर आफूअनुकूलका भन्सार एजेन्टमार्फत भन्सार मूल्याङ्कन नै परिवर्तन गरी भन्सारमा आइसकेका मालवस्तुको जाँचपास गर्ने गरेको समाचारस्रोतले जनाएको छ । यो कामका लागि लकडाउन सुरु भएको एक महिनापछि जिम्मेवार भन्सार अधिकृतलाई भन्सार मूल्याङ्कनबाट हटाएर अधिकृत सुनिता पौडेल र सुब्बा रमेश माझीलाई भन्सार मूल्याङ्कन फाँटको जिम्मेवारी दिएका थिए । अधिकृत पौडेलले भन्सार एजेन्टलाई प्राथमिकताका आधारमा भन्सार मूल्याङ्कन गर्न थालेपछि भन्सारमा भएको संस्थागत भ्रष्टाचारको रहस्य खुलेको हो । पछिल्लो समय अधिकृत पौडेलले भन्सारमा रहेको ग्रीन च्यानलबाट व्यवसायी सञ्जित भगतको सटिङ सुटिङ कपडा पास गरेपछि विराटनगर भन्सारमा हल्लीखल्ली मच्चिन पुगेको छ ।
विराटनगर भन्सारमा रहेको भन्सार एजेन्ट स्रोतका अनुसार भन्सारमा जाँचपासका लागि आउने सटिङ सुटिङ कपडामा विभिन्न ब्राण्डका कपडा हुने भएकाले उक्त सामान रेड च्यानलबाट मात्र पास हुने प्रावधान रहेको छ । तर अधिकृत पौडेल र भन्सारप्रमुख शिव भण्डारीको सेटिङमै उक्त कपडा ग्रीन च्यानलबाट पास हुने गरेका छन् । सरकारले राजस्व संकलनको मुख्य जिम्मेवार निकायमा आसिन व्यक्तिहरू नै कोरोना महामारीमा कमाउन व्यस्त हुँदा धराशायी बनेको मुलुकको अर्थतन्त्र नै ध्वस्त हुने विश्लेषकहरूको भनाइ छ । बिराटनगर भन्सारले लगातार गत पुस महिनादेखि सरकारले तोकेको लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकेपछि विराटनगर भन्सारलाई भन्सार विभागको रेकर्डमा समेत असक्षम प्रमाणित गरेको विभाग स्रोतले बताएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया