पोखरा ,राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले पोखरामा पनि सेवा विस्तार गर्ने भएका छ ।पठाओको सेवा यसअघि काठमाडांै र चितवनमा मात्रै सीमित थियो ।
पठाओ नेपालका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातका अनुसार गण्डकी प्रदेशको राजधानी पोखरासँगै मुलुकका १७ शहरमा सेवा विस्तार गर्न लागिएको हो ।
कोशी प्रदेशका वराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, विर्तामोड, भद्रपुर, मधेशको वीरगञ्ज र जनकपुर, बागमतीको हेटौंडा, लुम्बिनीको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो ।
भविष्यमा अन्य सहरमा पनि सेवा बिस्तार गर्ने कम्पनीको योजना रहेको बस्न्यातले बताए ।उनका अनुसार नजिकैको एक शहरबाट अर्को शहरमा जान इन्टरसटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा वस्तार गर्न लागिएको छ । सेवा विस्तार हुने शहरमा बाइक राइडर दर्ता प्रक्रिया सुरु भएको छ ।
राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन सक्ने छन् । कागजी प्रक्रिया पूरा भएपछि उनीहरुलाई अनलाइनमार्फत तालिम पनि दिइने बस्न्यातले बताए ।
हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी ब्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा पाँच हजार बढी दर्ता भइसकेका छन् । पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बीमा भएको पठाओले दुर्घटना भइ मृत्यु भए वा अंगभंग भएमा १० लाख रुपैयाँसम्म र उपचार लागि एक लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ ।
कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४ सै घण्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ ।एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा दिन र लिन सक्छन् । कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया