Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल इन्भेष्टमेन्ट बैंकले जित्यो तनहुँ हाइड्रोसँग सम्बन्धित मुुद्दा

नेपाल इन्भेष्टमेन्ट बैंकले जित्यो तनहुँ हाइड्रोसँग सम्बन्धित मुुद्दा


सुरेश राउत
काठमाडौँ, जेठ २८
तनहुुँ हाइड्रो पावर कम्पनीसँग सम्बन्धित मुुद्दामा नेपाल इन्भेष्टमेन्ट बैंकको जित भएको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेका अनुसार तनहुँ हाइड्रो पावरको निर्माणसम्बन्धी ठेक्का तोडिएपछि इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सीएमसी)को पर्फमेन्ट ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दा जितेको हो ।

नेपाली समयअनुसार जेठ २७ गते मंगलबार अपराह्न ३ बजे बैंकको पक्षमा फैसला भएको प्रमुख कार्यकारी पाण्डेले जानकारी दिए । यो फैसलासँगै बैंकले अबको तीन÷चार दिनमा नेपाली रुपैयाँ झण्डै दुई अर्ब रुपैयाँ फिर्ता पाउने उनले बताए । प्रमुख कार्यकारी पाण्डेका अनुसार सीएमसीले हालेको मुद्दामा इटलीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीन जना न्यायाधीशको संयुक्त इजलासले बैंकले पक्षमा फैसला गरेको हो । ‘यो फैसलाबाट बैंकले झण्डै दुई अर्ब रुपैयाँ इटालीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउँछौं, यसको लागि तीन/चार दिन समय लाग्छ, यो समयसम्म उक्त रकम बैंकमा आइपुग्नुपर्छ’, प्रमुख कार्यकारी पाण्डेले भने ।

यसअघि पुुसमा बैंकले उक्त मुुद्दा हारेको थियो । उक्त समय बैंकका प्रमुुख कार्यकारी पाण्डेले इटालीस्थित अदालतबाट दुुर्ई अर्ब रुपैयाँ भुक्तानीसम्बन्धी मुुद्दा हारेको भन्ने फैसला अन्तिम नभएको जिकिर गरेका थिए । तनहुँ जलविद्युत् आयोजनाका लागि राखिएको जमानत जफत भएपछि इटालियन बैंकले नेपाल इन्भेष्टमेन्टलाई त्यसको भुक्तानी गर्न नपर्ने गरी गरेको फैसला अन्तिम नभएको जिकिर बैंकले त्यो समयमा नै गरेको थियो । उक्त मुुद्दामा सुरुवाती चरणमा जुन न्यायाधीशले स्टे अर्डर जारी गरेका थिए, अहिलेको फैसला पनि त्यही न्यायाधीशले गरेका हुुन् । ‘एउटै न्यायाधीशले स्टे अर्डर पनि जारी गर्ने र फैसला पनि गर्ने भएका कारण यस्तो फैसला आएको हो’, प्रमुुख कार्यकारी पाण्डेले त्यो समयमा भनेका थिए । इटालियन अदालतको उक्त फैसलाउपर पुनरावेदन गर्न पाउने र यसको लागि प्रक्रिया सुरु गरिसकेको त्यो समयमा उनले बताएका थिए ।

तनहुँ हाइड्रोको इटालियन ठेकेदार कोअपरेटिभ मुराटोरी इ केमेन्टिस्टी (सीएमसी)ले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’मा मुद्दा दायर गरेको थियो । तनहुँ हाइड्रोको ठेकेदार कम्पनी सीएमसीले मुद्दा जितेपछि इन्भेष्टमेन्ट बैंकलाई काउन्टर ग्यारेन्टीबापत नेपालमा तनहुँ हाइड्रोलाई दिएको करिब दुुई अर्ब रुपैयाँ असुलउपर गर्न समस्या देखिएको थियो । तनहुँले ८५ करोड नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो गरी करिब एक अर्ब ९७ करोड बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी इन्भेष्टमेन्ट बैंकबाट जफत गरेको थियो ।

इटालीको अदालतले पछिल्लोपटक गरेको फैसलाअनुसार जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैंकले इन्भेस्टमेन्ट बैंकलाई दिन नपर्ने भनेको थियो । ‘इन्भेष्टमेन्ट बैंकले फैसलाविरुद्ध इटालीका माथिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने विकल्प खुल्ला रहेको आधारमा फैसलाविरुद्ध पुनरावेदन गर्ने प्रक्रिया रहेको र सोही बुुँदामा टेकेर हामीले मुुद्दा हालेका थियौं, मुुद्दा जितेपछि निकै प्रफुल्ल मुुद्रामा रहेका प्रमुुख कार्यकारी पाण्डेले भने । उक्त रकम फिर्ता आएपछि बैंकले चालू आर्थिक वर्षको अन्तिम त्रैमासिकमा बैंकको खुद मुनाफा निकै बढी हुुने देखिएको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा दुुई अर्ब ४९ करोड ५५ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुुई अर्ब ५६ करोड ५६ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको पछिल्लो अवधिमा एक खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब ११ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ५३ करोड ५९ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने एक खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ९१ करोड १७ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x